+
टी-२० विश्वकप २०२६ :

इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा

२०८२ फागुन  ४ गते १८:५१ २०८२ फागुन ४ गते १८:५१
इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डले इटलीलाई २४ रनले हराउँदै आईसीसी टी-२० विश्वकप २०२६ समूह 'सी' को सुपर ८ मा स्थान पक्का गरेको छ।
  • इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनाएको थियो भने इटलीले १७८ रनमा अलआउट भयो।
  • इंग्ल्यान्डका जेमी ओभरटन र साम करानले समान ३ विकेट लिए भने नेपाल सुपर ८ को होडबाट बाहिरिसकेको छ।

४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इटलीलाई हराउँदै इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ ।

इंग्ल्यान्डको जितले इटलीसँगै स्कटल्यान्ड पनि सुपर ८ होडबाट बाहिरिएको छ । सुपर ८ मा पुग्ने दुवै टोलीको टुंगो लाग्ने यो पहिलो समूह भएको छ । नेपाल यसअघि नै सुपर ८ को होडबाट बाहिरिसकेको छ ।

कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा इंग्ल्यान्डले इटलीलाई २४ रनले पराजित गर्‍यो । इंग्ल्यान्डले दिएको २०३ रनको बलियो लक्ष्य पछ्याएको इटलीले शानदार प्रदर्शन गरेपनि २० ओभरमा अलआउट हुँदै १७८ रन मात्र बनायो ।

इटलीका लागि बेन मानेन्तीले २५ बलमा ६० रनको आक्रामक पारी खेलेका थिए । ग्रान्ट स्टेवार्टले २३ बलमा ४५ रन बनाए । ओपनर जस्टिन मोस्काले ४२ रन बनाए ।

इंग्ल्यान्डका जेमी ओभरटनले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । साम करानले ३ ओभरमा २२ रन दिएर ३ विकेट लिए । जोफ्रा आर्चरले २ तथा विल ज्याक्स र आदिल राशिदले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनाएको थियो । विल ज्याक्सले २२ बलमा अविजित ५३ रनको पारी खेलेका थिए । टम बेन्टनले ३० तथा फिल साल्टले २८ रन बनाए ।

इटलीका लागि ग्रान्ट स्टेवार्ट र क्रिसन कलुगमागेले २-२ विकेट लिँदा जेजे स्मट्स, अली हसन र बेन मानेन्तीले १-१ विकेट लिए ।

जितपछि ४ खेलमा ६ अंक जोडेको इंग्ल्यान्ड समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक भएको वेस्ट इन्डिज यसअघि नै सुपर ८ मा पुगिसकेको छ ।

३ खेलमा २ अंक भएका स्कटल्यान्ड र इटली क्रमश तेस्रो र चौथो स्थानमा छन् भने अंकविहीन नेपाल पुछारमा छ ।

इंग्ल्यान्ड क्रिकेट इटली क्रिकेट टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय