+
टी-२० विश्वकप २०२६ :

निसान्काको शानदार शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर ८ मा

२०८२ फागुन  ४ गते २३:५५ २०८२ फागुन ४ गते २३:५५
निसान्काको शानदार शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर ८ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाले पथुम निसान्काको अविजित शतकीय प्रदर्शनमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ।
  • अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ भने अस्ट्रेलिया समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको छ।
  • श्रीलंकाले ३ खेलमा ६ अंक जोडेर समूह 'बी' मा शीर्षस्थानमा पुगेको छ भने अस्ट्रेलियाको सुपर ८ सम्भावना अन्य नतिजामा भर पर्नेछ।

४ फागुन, मुम्बई । ओपनर पथुम निसान्काले शानदार शतक प्रहार गरेपछि श्रीलंकाले अस्ट्रेलियालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ ।

क्यान्डीमा भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलिया भने आजको हारपछि समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ ।

निसान्काले ५२ बलमा १० चौका र ५ छक्कासहित अविजित १०० रन बनाए । कुसल मेन्डिसले ५१ रन बनाए । पवन रथनायकेले अविजित २८ रन बनाए । टी-२० विश्वकप २०२६ मा बनेको यो पहिलो शतक समेत हो ।

अस्ट्रेलियाका लागि दुवै विकेट मार्कस स्टोइनिसले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो । ओपनर मिचेल मार्श र ट्राभिस हेडले शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई विशाल योगफलतर्फ पुर्‍याउने संकेत गरेपनि फिनिसिङ हुन सकेन ।

हेडले ५६ तथा मार्शले ५४ रन बनाए । जोश इङ्लिसले २७ तथा ग्लेन म्याक्सवेलले २२ रन बनाए । अन्यले दोहोरो अंक छुनै सकेनन् ।

अस्ट्रेलियाले १६ ओभरमा १६०-४ को अवस्थाबाट थप २१ रन जोड्दा ६ विकेट गुमायो । श्रीलंकाका लागि दुशान हेमन्थाले ४ ओभरमा ३७ रन दिएर ३ विकेट लिए । दुश्मान्था चमीराले २ तथा महीश थिक्साना, दुनिथ वेलालगे र कामिन्दु मेन्डिसले १-१ विकेट लिए ।

आजको जितपछि श्रीलंकाले ३ खेलमा ६ अंक जोडेर समूह ‘बी’ मा शीर्षस्थानमा रहेको छ भने अस्ट्रेलिया ३ खेलमा २ अंक मात्र जोडेर तेस्रो स्थानमा छ ।

अब अस्ट्रेलियाको सुपर ८ सम्भावना अन्य नतिजामा पनि भर पर्नेछ । भोलि हुने खेलमा जिम्बाबेले आयरल्यान्डलाई हराएमा अस्ट्रेलिया बाहिरिनेछ ।

अस्ट्रेलियाले अब अन्तिम खेलमा ओमानलाई ठूलो अन्तरले पराजित गरेर जिम्बाबे दुवै खेल हार्नुपर्नेछ ।

अस्ट्रेलिया क्रिकेट टी-२० विश्वकप २०२६ पथुम निसान्का श्रीलंका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय