५ फागुन, चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसपटक हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भइरहेको बताएका छन् ।
मंगलबार भरतपुर महानगरपालिका-१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले काम गर्नेलाई चिनेर मत दिन आम मतदातासँग आग्रह गरेका हुन् ।
‘हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ,’ अध्यक्ष घिसिङले भने, ‘यसमा जनताले साथ दिनुपर्यो ।’ काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित नै आफू पार्टी खोलेर राजनीतिमा आएको उनले बताए ।
‘हाम्रो अभियान काम गर्न नै आएको हो । अरू जसरी भाषण गरेर हिँड्दैनौँ । हामी काम गरेर जनताको सेवा गर्छौँ,’ अध्यक्ष घिसिङले भने ।
प्रतिक्रिया 4