+
+
Shares

हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १०:२९

२२ माघ, जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले आज बिहान सञ्चाकर्मीसँगको भेटघाटमा भने, ‘देशको लिड गर्न हामी आएका छौं । अरु कसैलाई प्रधामन्त्री बनाउन आएका होइनौं । हामी नै यो देशमा परिवर्तन गर्नेछौं ।’

उनले धेरै सिटमा उज्यालो अभियान पार्टी प्रतिस्पर्धामा रहेको जिकिर गरे ।

हिजो व्यक्ति र पार्टीलाई मत दिए पनि अब देशको समृद्धिका लागि मतदान गर्न उनले आह्वान गरे । जेनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गर्न गरेर काम गर्ने अवसर दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?