+
+
Shares

स्टार्टअप तथा इनोभेसन प्रवर्द्धन गर्न नीतिगत सुधारमा जोड

महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा इनोभेसन फोरम बैठकले नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएको छ।
  • महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति र वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ नहुने उल्लेख गरे।
  • फोरम सभापति जुना माथेमाले उद्यमी–लगानीकर्ता प्ल्याटफर्म सुदृढ गर्दै जानुपर्ने र साझेदारी विस्तार आवश्यक रहेको जानकारी दिइन्।

५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरम बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकले नेपालमा स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रम प्राथमिकतामा राख्दै सहकार्य तीव्र बनाउनुपर्नेमा जोड दिएको छ ।

बैठकमा महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए ।

निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा उनको जोड छ । उनले स्टार्टअपलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए ।

उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवा अझ प्रभावकारी बनाइँदै लैजानुपर्नेमा जोड दिए ।

उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।

उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् ।

कोषाध्यक्ष भरतराज आचार्यले महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप तथा इनोभेसन क्षेत्रमा नीतिगत सुधार भएको उल्लेख गरे ।

उद्यम विकासका सरकारी कार्यक्रम निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने उनले बताए । फोरम सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्ल्याटफर्म सुदृढ गर्दै जानुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?