५ फागुन, काठमाडौं । काठमाडौंको बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले मंगलबार आपराधिक उपद्रव तथा डाँका मुद्दामा दावा सेट्ठी भनिने दावा शेर्पा सहित १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शेर्पासहित रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, कारण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
१४ करोड लुटिएको भनिएको उक्त घटनामा प्रहरीले अनुसन्धान अघि बढाउने सुँइको पाएपछि एक व्यक्तिले ११ लाख रुपैयाँ बौद्ध प्रहरीमा बुझाएका थिए । अझै १३ करोड ८९ लाख रुपैयाँ भने गायब छ ।
लुटपाट भएको तीन महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले दावा र रञ्जितलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया 4