+
+
Shares

रविका सहयोगी बोहराको दाबी- प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो

‘हस्ताक्षर अभियान जारी नै थियो । म जानै भएको थिएन, डिजिटल क्याम्पेन गर्नै पाएको थिएन । घरघर जानै पाएको थिएन,’ उनले भने, ‘४० लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १५:००

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपक बोहराले सभापति रवि लामिछानेको पक्षमा एक करोड हस्ताक्षर पुग्ने अवस्था रहेको दाबी गरेका छन् । सभापति लामिछानेमाथि चलेको सहकारी ठगी मुद्दाविरुद्ध ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ नामबाट रास्वपाले अभियान चलाएको थियो ।

सभापति लामिछानेका मुख्य सहयोगी समेत रहेका बोहराले सोही अभियान अगाडि बढाउन पाएको भए करोड बढी हस्ताक्षर संकलन हुनसक्ने दाबी गरेका हुन् ।

‘मेरो नेतृत्वमा भएको हो हस्ताक्षर क्याम्पेन, जसमा ४० लाख मानिसले हस्ताक्षर गरे,’ धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै बोहराले भने ।

हस्ताक्षर अभियानमा पूर्वन्यायाधीशदेखि प्रहरी, सेना, बुद्धिजीवी सबैले हस्ताक्षर गरेको उनले बताए । ‘हस्ताक्षर अभियान जारी नै थियो । म जानै भएको थिएन, डिजिटल क्याम्पेन गर्नै पाएको थिएन । घरघर जानै पाएको थिएन,’ उनले भने, ‘४० लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो ।’ आफूले २०८४ कुरेको र जनताको घरघरमा पुगेर देखाइदिनेमा आफूहरूले सोचेको उनले बताए । ‘तर, जनताले २०८२ मै देखाइदिए,’ बोहराले भने ।

बोहरा कञ्चनपुर-२ मा रास्वपाबाट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?