७ फागुन, काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले आगामी वर्षदेखि नेपालमा ‘मैले मल पाइनँ’ भन्ने गुनासो सुन्नु नपर्ने घोषणा गरेका छन् ।
कांग्रेस सभापति थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा कांग्रेसको सरकार बनेसँगै त्यस्तो व्यवस्था गरिने घोषणा गरे ।
यसका लागि अहिले जति रकम छुट्याइएको छ, त्यसले नपुग्ने, वर्तमान खरिद कानुनले नपुग्ने भन्दै यसलाई बहुवर्षीय सम्झौतामा जानुपर्ने बताए ।
‘अहिले मल वितरणको जुन प्रणाली छ, यसलाई पनि बदल्ने छौं,’ उनले भने, ‘मलको दृष्चक्र अन्त्य गर्ने र कृषि बीमामा जोड दिइने छ, मध्यपूर्वी क्षेत्रमा कृषि निर्यातमा जोड दिने हाम्रो नीति छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4