+
+
Shares

मतदातासँग रावलको गुनासो- सूर्यमा ग्रहण लाग्यो, ओलीले एमाले खरानी बनाए

अछाममा भोट मागिरहँदा उनका पुराना मतदाता सूर्य चिन्ह र एमालेबारे रावलसँग प्रश्न गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १६:३६

७ फागुन, काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृहजिल्ला अछाममा उम्मेदवार बन्न वञ्चित भीम रावल यसपटक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट चुनावी मैदानमा छन् । अघिल्लो पटक नेकपा एमालेले रावललाई टिकट दिएको थिए ।

त्यसको केही समयपछि एमालेले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको थियो । जेनजी आन्दोलनपछि भने उनी नेकपामा प्रवेश गरे ।

अहिले नेकपाबाट अछाम-१ मा प्रतिनिधिसभा उम्मेदवार छन् । यसर्थ, यसपटक उम्मेदवार रहँदा अछाममा उनीसँग ‘सूर्य’ चुनाव चिन्ह छैन ।

अछाममा भोट मागिरहँदा उनका पुराना मतदाता सूर्य चिन्ह र एमालेबारे रावलसँग प्रश्न गरिरहेका छन् । यस्तै दृश्य बिहीबार उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जसमा एक वृद्ध उनलाई चुनाव चिन्ह ‘सूर्य’बारे प्रश्न गर्छन् ।

जसको उत्तरमा रावल भन्छन्, ‘सूर्यमा त ग्रहण लाग्यो के गर्नु । बनाउने त हामी हौँ, मैले नेतृत्व गरेको ।’ त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रोष प्रकट गर्छन् ।

‘अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए । अर्को २५ पार्टी मिलेर आएका छौँ,’ रावल अगाडि भन्छन् । त्यसपछि उनी आफूलाई ‘तारामै भोट हाल्न’ आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?