News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा श्रीलंकालाई ५१ रनले पराजित गरेको छ।
- इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भएको छ।
- आज सुपर ८ मा भारत र दक्षिण अफ्रिका बीच खेल बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ।
१० फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो ।
इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए । दुनिथ वेलालगे र महीश थिक्सानाले समान १० रन बनाए ।
इंग्ल्यान्डका लागि विल ज्याक्सले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । जोफ्रा आर्चर, आदिल राशिद र लियाम डसनले २-२ विकेट लिँदा जेमी ओभरटनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । ओपनर फिल साल्टले सर्वाधिक ६२ रन बनाए । विल ज्याक्सले २१ रन बनाए । कप्तान ह्यारी ब्रूकले १४ तथा साम करानले ११ रन बनाए । जेमी ओभरटनले अविजित १० रन बनाए ।
श्रीलंकाका लागि दुनिथ वेलालगेले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । दिल्शान मदुशंका र महीश थिक्सानाले २-२ तथा दुश्मान्था चमीराले १ विकेट लिए ।
सुपर ८ मा आजै भारत र दक्षिण अफ्रिका पनि खेल्दैछन् । खेल बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया 4