११ फागुन, काठमाडौैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको पाँच दिनपछि सोमबार थापाले सर्लाही–४ का लागि आफ्नो प्रतिज्ञापत्र ल्याएका हुन् ।
सभापति थापाको प्रतिज्ञापत्रमा स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा दिइएको छ ।
थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन् । उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा मधेशका गाउँबस्तीमा पुगेको उल्लेख गर्दै थापाले सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् । विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।
सभापति थापाले प्रतिज्ञापत्रमा नौ वटा अभियानलाई बुँदागत रूपमा समेटेका छन् ।
यस्तो छ गगनको प्रतिज्ञापत्र :


प्रतिक्रिया 4