News Summary
Generated by OK AI. Editorially reviewed.- एलसीसीआई ग्लोबल क्वालिफिकेसनले ३१ जनवरीदेखि १७ फेब्रुअरीसम्म नेपालमा स्कटल्याण्ड र नेपाली व्यवस्थापन विद्यार्थीका लागि सांस्कृतिक र मोबिलिटी कार्यक्रम सम्पन्न गरेको छ।
- कार्यक्रमले स्कटिस विद्यार्थीलाई व्यावहारिक तालिम र सिप अभिवृद्धि प्रदान गरी दुई देशबीच व्यावसायिक सिप तथा सांस्कृतिक समझदारी सुदृढ पार्ने उद्देश्य राखेको थियो।
- कार्यक्रममा काठमाडौं, चितवन र पोखरामा व्यवसायिक विद्यार्थी र उद्योग विशेषज्ञबीच ज्ञान साझेदारी गरिएको थियो र बेलायत सरकारको ट्युरिङ योजनाले सहयोग गरेको थियो।
१२ फागुन, काठमाडौं । स्कटल्याण्डको फोर्थ भ्याली कलेजका व्यवस्थापन विद्यार्थीका लागि एलसीसीआई ग्लोबल क्वालिफिकेसनले सांस्कृतिक र मोबिलिटी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ३१ जनवरीदेखि १७ फेब्रुअरीसम्म नेपालमा सम्पन्न भएको थियो ।
स्कटल्याण्ड र नेपालका विद्यार्थीहरू बीच व्यवसायिक अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं, चितवन र पोखरामा व्यवसायिक विद्यार्थीहरू र उद्योग विशेषज्ञहरू बीच ज्ञान साझेदारी गरिएको थियो ।
‘मुख्य उद्देश्य स्कटिस विद्यार्थीहरूलाई व्यावहारिक तालिम, सिप अभिवृद्धि र एक्सपोजर प्रदान गरेर दुई देशबीच व्यावसायिक सिप तथा सांस्कृतिक समझदारीलाई सुदृढ पार्नु थियो’ एलसीसीआई ग्लोबल क्वालिफिकेसनले विज्ञप्ति जारी गरी भनेको छ, ‘धेरैजसो सत्रहरू क्षेत्र भ्रमण र व्यवसाय मोडेल बुझेर व्यावहारिक अनुभव मार्फत सञ्चालन गरिएको थियो ।’
एआईटीएम कलेजका व्यवसाय प्रशासनमा स्नातक र आतिथ्य व्यवस्थापनमा स्नातकका नेपाली विद्यार्थीहरूले कार्यक्रमलाई आकर्षक बनाउन सक्रिय सहभागिता जनाएका थिए । स्कटल्याण्ड र नेपाल दुवैका विद्यार्थीहरूले एलसीसीआई ग्लोबल क्वालिफिकेसनद्वारा विकसित ‘अली जिनियस’ नामक कार्यक्रमको लागि व्यापार मोडेल बुझ्ने अवसर पाए ।
स्कटिस विद्यार्थी नेपालमा साना तथा मझौला उद्योगहरूको विकासको अभूतपूर्व अवसर र नेपाली उद्यमीको मेहनत देखेर उत्साहित थिए । मोबिलिटी कार्यक्रमलाई बेलायत सरकारको ट्युरिङ योजनाले सहयोग गरेको थियो ।
प्रतिक्रिया 4