१२ फागुन, काठमाडौं । नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला चलाइएकामा आपत्ति जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नभएको बताएका हुन् ।
‘अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ । त्यसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘पुन: दोहोर्याउन चाहन्छु– निर्वाचन समयमा हुनुपर्छ ।’
एमाले कुनै पनि बहानामा चुनाव सार्ने नभई फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको उनले बताए ।
‘कुन कोणबाट, कुन दृष्टिकोणबाट, कुन राजनीतिक उद्देश्यका साथ चुनाव सार्ने हल्ला फैलाइँदैछ ? यसको भित्री उद्देश्य के हो ? एमालेले यसबारे गम्भीर चासो राखिरहेको छ,’ शाहीले भने ।
प्रतिक्रिया 4