+
+
Shares

नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:४७

१२ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् ।

आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् ।

निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनको भनाइ छ ।

प्रचण्डले नेकपा गठन भएपछि धुव्रीकरणको नयाँ माहोल बनेको भन्दै फेरि सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने बताए ।

प्रचण्डले मतदाताले नेकपालाई वामपन्थी शक्तिको रुपमा हेरिरहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?