२९ माघ, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् ।
प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् ।
बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे ।
‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ प्रचण्डले भने, ‘शहीद र बेपत्ता परिवारका सपना पूरा गर्न र गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्न म फेरि आफ्नै घर (आधारभूमि) फर्किएको हुँ ।’
भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले शहीद मार्गलाई पूर्णता दिने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुन, मावि लुगुमका प्रधानाध्यापक रामबहादुर पुन र शहीद परिवारका सदस्यहरूले गाउँको विकासका लागि विभिन्न योजनाहरू समेटिएको मागपत्र पनि बुझाएका थिए ।
जनजाति र दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रको कला–संस्कृतिलाई संरक्षण गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता प्रचण्डले गरेका छन् ।
प्रतिक्रिया 4