+
+
Shares

एउटै मञ्चमा प्रचण्ड र मोहन बिक्रम

खेमराज गौतम खेमराज गौतम
२०८२ माघ २८ गते २१:१६

२८ माघ, बाग्लुङ । चुनावी सभाका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज बाग्लुङ आइपुगे ।

पोखरा, पर्वत र ग्याग्दीमा प्रचण्डले तारा चिन्हमा मत माग्दै नेकपाले जित्नुपर्ने औचित्यबारे बालेका थिए । तर बाग्लुङमा उनी फरकशैलीमा प्रस्तुत भए ।

महत्वपूर्ण कुरा त कुनै बेलाका आफ्नै राजनीतिक गुरू मोहनविक्रम सिंहसँग एउटै मञ्च शेयर गरे । मोहनविक्रमसँग एउटै मञ्चमा प्रचण्ड सहभागी हुने संयोग भने नेकपा र राष्ट्रिय जनमोर्चाबीच यहाँ भएको चुनावी सहकार्यले जुराइ दिएको हो ।

यो गठबन्धनबाट बाग्लुङ–१, मा जनमोर्चाका कृष्ण अधिकारी र बाग्लुङ–२ मा नेकपाका ज्ञामनाथ गैरे उम्मेदवार छन् । अर्थात् प्रचण्डले बाग्लुङ–१ मा गिलास चिन्हमा मत मागेका छन् ।

‘नेपालको राजनीतिक इतिहासमा यो बिरलै देखिने घटना हो, प्रचण्ड र मोहन बिक्रम एउटै मन्चमा एउटै उदेश्यले देखिनु र भेटिनु, यसको सन्देश व्यापक छ,’ प्रचण्डले चुनावी सभाबाट भने, ‘अब कम्युनिष्ट एकता आजको आवश्यकता हो, चुनावी कार्यगत एकताले पार्टी एकताका लागि सकारात्मक सन्देश जनतामा लैजान्छ ।’

प्रचण्डले ढिलोचाँडो नेपालका कम्युनिष्ट पार्टीहरु एक हुन आवश्यक रहेको बताए । जेन्जी आन्दोलनका कारण मुलुक निर्वाचनमा गएको बताउदै उनले निर्वाचन तोकिएकै मितिमा हुने विश्वास पनि दिलाए । ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, निर्वाचन नजिकिदै गर्दा नेपाली कम्युनिष्ट पार्टीमा जनलहर सृजना भइरहेको छ,’ प्रचण्डले भने ‘निर्वाचनको परिणाम जनताले चाहेजस्तो हुन्छ, प्रतिकृयावादीले चाहे जस्तो हुँदैन ।’

मसालका महामन्त्री सिंहले यो चुनावले देशलाई बाटोमा ल्याउने बताए । उनले पनि युवाहरुको आन्दोलन पवित्र उद्देश्यले भएपनि घुसपैठ हुन पुगेको बताए । नेपाललाई अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको जनाउदै मोहन बिक्रमले नेपालको भविष्य जोगाउन कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?