+
+
Shares

हामीहरू नै सबैभन्दा नयाँ हौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १९:३२

२३ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे ।

‘नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरूलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो,’ प्रचण्डले भने ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे ।

प्रचण्डले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पनि पारे ।

‘महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी हो नेपाली कम्युनिष्ट पार्टी । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? ति सबैभन्दा पुराना हुन्,’ प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?