+
+
Shares

साम्बाले भनिन् – उपचार खर्च जुट्यो

साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:५४

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचार खर्च जुटेको बताएकी छन् । साम्बाले मंगलबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च प्राप्त भइसकेको उल्लेख गरेकी छन् ।

साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् । उक्त रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा लाग्ने आवास र यातायातमा पनि पुग्ने भएकाले अब सहयोग नगर्न उनले आग्रह गरेकी छन् ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?