१३ फागुन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् ।
कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराए ।
‘सबै सम्भावनाहरूलाई बन्द गरेर अन्ध विश्वासको भरमा जव हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग सम्वाद नै गर्नं नसकेको, यसका अन्तरंग प्रश्नहरू गर्नै नसकेको र कुष्टरोग प्रभावितहरू पनि उत्तिकै सम्मानित हुन्,’ श्रेष्ठले भने, ‘उनीहरूले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन । समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’
अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औंल्याए ।
‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाइनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो,’ उनले भने, ‘कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरू छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरू हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ ।’
प्रतिक्रिया 4