२८ कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले रुपान्तरणको आकांक्षा सम्बोधन हुने गरी निर्वाचनमा जानुपर्ने बताएका छन् ।
यथास्थितिमा चुनावमा जाँदा जेनजी आन्दोलनको माग र भावना सम्बोधन हुन्छ कि हुँदैन भनेर ख्याल गर्न आवश्यक रहेको उनको आग्रह छ ।
शुक्रबार नागरिक समूहले काठमाडौंमा ‘अवस्था, व्यवस्था र निकास’ विषय अन्तरक्रिया कार्यक्रम राखेको थियो । जसलाई सबोधन गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यथाअवस्थमा निर्वाचन पछाडि संविधान संशोधन हुने ज्ञारेण्टी गर्न नसकिने बताए ।
‘निर्वाचनमा रुपान्तरणको आकांक्षा सम्बोधन हुने गरी जानुपर्छ’ उनले भने ।
जेनजी अगुवाहरूले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग गरिने सम्झौताको मस्यौदा तयार गरी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् ।
यथाअवस्थामा चुनाव जान नहुने भन्दै उनीहरूले सम्झौताको मस्यौदा तयार पारेर शुक्रबार प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यो विषयमा केही भनेनन् ।
तथापि, जेनजीले खोजेको रुपान्तरण हुने ज्ञारेण्टीसहित चुनावमा जानुपर्ने मत भने प्रकट गरे ।
निर्वाचनमा जान मुलुकमा सुरक्षा व्यवस्था बलियो हुनुपर्नेमा पनि उनको आग्रह छ । मुलुकको आत्मबलनै कमजोर भएको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
‘सुरक्षाको चुनौतीले मतदानको प्रवृत्ति बढ्ला कि घट्ला ? वा मतदान होला कि नहोला ?’ श्रेष्ठको प्रश्न छ, ‘यस्तो हो भने झन् पो सम्भावना छैन । के हुन्छ ?’
सोही कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले पनि सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने बताए ।
अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने भन्दै उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने गर्नुपर्ने बताएका हुन् ।
प्रतिक्रिया 4