+
+
Shares

चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ नेता पक्राउ

पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १६:५९

१४ फागुन, प्युठान । निर्वाचन बहिष्कार सम्बन्धी पर्चा बाँडेको आरोपमा प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

उनका अनुसार उनीहरूलाई ‘चुनाव बहिष्कार गरौं’ लेखिएको पर्चासहित नाराबाजी गरिरहेका बेला प्यूठानको मध्य क्षेत्र टिकुरीबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनीहरूले निर्वाचन बिथोल्ने गतिविधि गरेको पाइएकाले नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनामाथि निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

म्याद थपका लागि जिल्ला अदालत प्यूठानमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?