+
+
Shares

भोलि काठमाडौं उपत्यकाका ६ स्थानमा कांग्रेसका सभा, गगन-विश्व सम्बोधन गर्ने

चुनावी सभाहरूमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २१:५२

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले भोलि(आइतबार) काठमाडौं उपत्यकामा ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसकाअनुसार दिउँसो १ बजे काठमाडौं-१० को कीर्तिपुरमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।

यस्तै दिउँसो २ बजे भक्तपुर-२ को ठिमीमा हुने सभा र  त्यसपछि दिउँसो काठमाडौं-२ को पेप्सीकोला टाउनप्लानिङमा हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्नेछन् ।

त्यसपछि दिउँसो ३ बजे काठमाडौं-७ को बालाजु चोकमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तालिका छ ।

दिउँसो ३:३० बजे भने काठमाडौं-५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुने भनिएको छ । जहाँ सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।

यस्तै दिउँसो ४ बजे काठमाडौं-४ को बालुवाखानीमा हुने सभामा सभापति थापाले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?