News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ किनभने श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल गर्न सकेन।
- श्रीलंकाले १६ ओभरमा ५ विकेट गुमाएर १५० रन बनाउँदा पाकिस्तानको सेमिफाइनल सम्भावना समाप्त भयो।
- सुपर ८ को समूह २ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगेका छन्।
१६ फागुन, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भइरहेको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नहुने भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो ।
श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्न नसकेपछि पाकिस्तानले खेलमा जित निकालेपनि अघि नबढ्ने पक्का भएको हो ।
पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याइरहेको श्रीलंकाले १६ ओभरमा ५ विकेट गुमाएर १५० रन बनाइसकेको छ ।
पाकिस्तान बाहिरिने पक्का भएसँगै सुपर ८ को समूह २ बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो समूहबाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले साहिबजादा फरहानको शतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4