News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ समूह १ मा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ।
- जिम्बाबे एक खेलअगावै बाहिरिएको छ भने दक्षिण अफ्रिका र इंग्ल्यान्ड सेमिफाइनलमा पुगेका छन्।
- भारतले दिएको २५७ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो।
१४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित हासिल गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो ।
यस हारसँगै जिम्बाबे एक खेलअगावै बाहिरिएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि अर्को समूहबाट इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो । ओपनर ब्रायन बेनेटले ५९ बलमा ९७ रनको अविजित पारी खेले । कप्तान सिकन्दर राजाले ३१ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल खडा गरेको थियो । अभिषेक शर्माले ३० बलमा ५५ रन बनाए भने हार्दिक पान्ड्याले २३ बलमा अविजित ५० रन बनाए । तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाए । इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ तथा सन्जु सामसनले २४ रन बनाए ।
जिम्बाबेका लागि रिचर्ड एनगरभा, सिकन्दर राजा, ब्लेसिङ मुजाराबानी र तिनोतेन्दा मापोसाले १-१ विकेट लिए ।
भारतले अब वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । उक्त खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया 4