+

रिंकु सिंह विश्वकप छाडेर घर फर्किए, जिम्बाबेविरुद्धको खेल गुमाउने सम्भावना

२०८२ फागुन  १३ गते १३:०८ २०८२ फागुन १३ गते १३:०८
रिंकु सिंह विश्वकप छाडेर घर फर्किए, जिम्बाबेविरुद्धको खेल गुमाउने सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेटर रिंकु सिंह पारिवारिक कारण देखाउँदै जारी टी-२० विश्वकप छाडेर घर फर्किएका छन्।
  • उनले सुपर ८ अन्तर्गत जिम्बाब्बेविरुद्धको खेल गुमाउने आंशका बढेको छ।
  • सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो।

१३ फागुन, काठमाडौं । भारतीय क्रिकेटर रिंकु सिंह जारी टी-२० विश्वकप छाडेर घर फर्किएका छन् । पारिवारिक कारण देखाउँदै उनी घर फर्किएका हुन् ।

रिंकुको बुवाको अवस्था गम्भीर रहेकाले उनी घर फर्किएको बुझिएको छ । उनले बुबाको ग्रेटर नोएडाको एक अस्पतालमा उपचार भइरहेको छ ।

योसँगै उनले चेन्नईमा बिहीबार हुने सुपर ८ अन्तर्गत जिम्बाबेविरुद्धको खेल गुमाउने आंशका बढेको छ । उक्त खेल भारतका लागि सेमिफाइनलमा स्थान बनाउन निकै महत्वपूर्ण छ ।

सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो । जारी विश्वकपमा रिंकुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

उनले अमेरिकाविरुद्ध ६, नामिबियाविरुद्ध एक, पाकिस्तानविरुद्ध ११, नेदरल्यान्ड्सविरुद्ध ६ रन बनाएका थिए भने दक्षिण अफ्रिकाविरुद्ध शून्यमै आउट भए ।

उनी टोलीमा नहुँदा सञ्जु सामसनले भारतीय टोलीबाट खेल्ने अवसर पाउने सम्भावना छ ।

टी-२० विश्वकप २०२६ भारतीय क्रिकेट टोली रिंकु सिंह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय