+

मार्क्रमको शानदार ब्याटिङमा वेस्ट इन्डिजमाथि सहज जितसँगै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

२०८२ फागुन  १४ गते १८:३१ २०८२ फागुन १४ गते १८:३१
मार्क्रमको शानदार ब्याटिङमा वेस्ट इन्डिजमाथि सहज जितसँगै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ सुपर ८ मा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको छ।
  • कप्तान एइडेन मार्क्रमले ४६ बलमा अविजित ८२ रन बनाएर टीमलाई १६.१ ओभरमा लक्ष्य पूरा गराएका छन्।
  • वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो, लुङ्गी एङ्गिडीले ३ विकेट लिए।

१४ फागुन, काठमाडौं । कप्तान एइडेन मार्क्रमको शानदार ब्याटिङमा आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि सहज जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ ।

बिहीबार अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।

कप्तान एइडेन मार्क्रमले ४६ बलमा ७ चौका र ४ छक्कासहित अविजित ८२ रन बनाए भने रायन रिकेल्टनले अविजित ४५ रन बनाए । क्‍विन्टन डिककले आउट हुनुअघि ४७ रन बनाए ।

वेस्ट इन्डिजका रस्टन चेसले एकमात्र विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । रोमारियो शेपहर्डले अविजित ५२ रन बनाए भने जेसन होल्डरले ४९ रन बनाए ।

८३ रनमा ७ विकेट गुमेको अवस्थाबाट शेपहर्ड र होल्डर मिलेर ८९ रनको साझेदारी गरेका थिए । ब्रान्डन किङले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एङ्गिडीले ३ विकेट लिँदा कगिसो रबाडा र कर्बिन बोशले २-२ विकेट लिए ।

प्रतियोगितामा दक्षिण अफ्रिका अझै पनि अपराजित छ भने वेस्ट इन्डिजले पहिलो हार बेहोरेको छ ।

अब आजै बेलुका हुने भारत र जिम्बाबेबीचको खेलमा भारत विजयी भएमा दक्षिण अफ्रिकाको आजै सेमिफाइनलमा स्थान पक्का हुनेछ ।

टी-२० विश्वकप २०२६ दक्षिण अफ्रिका क्रिकेट वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय