१६ फागुन, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई ‘जीवित’ रहेको जिकिर गरेका छन् ।
उनले एनबीसी न्युजलाई बताएअनुसार, इजरायल र अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर गुमाएको’ पनि स्वीकारेका छन्।
तर, बीबीसीका अनुसार, इरानको सरकारी मिडियाले भने अहिलेसम्म इरानी अधिकारीहरू र सेना प्रमुख मारिएको खबरलाई खारेज गर्दै आएको छ ।
अराघचीले अमेरिका र इजरायलले आफ्नो आक्रमण बन्द गरेमा इरान तनाव कम गर्न र वार्ताका लागि तयार रहेको बताएका छन् ।
अहिले कुनै वार्ता नभइरहेको स्पष्ट पार्दै उनले भने, ‘यदि अमेरिका हामीसँग कुरा गर्न चाहन्छ भने, उसलाई कसरी सम्पर्क गर्ने भन्ने मलाई थाहा छ ।’
यसका साथै, इरानले यस क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरिरहेको बताउँदै अराघचीले यसलाई ‘आत्मरक्षा’ को संज्ञा दिएका छन् ।
प्रतिक्रिया 4