+
+
Shares

२ मिनेटभित्र मतदाताले भोट दिइसक्छन्, धेरै लाइनमा बस्न पर्दैन : आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १४:४३

१६ फागुन, काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रबन्ध पनि मिलाइएको जानकारी दिए ।

उनका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।

‘एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ । कुनैपनि मतदान केन्द्रको एउटा लाइनमा १ हजार भन्दा बढी मतदाता हुँदैनन्, त्यसैले लाइनमा धेरै कुर्नु पर्दैन,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?