१८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले मौन अवधिमा अन्तर आत्मासँग इमानदार कुरा गर्ने समय भएको टिप्पणी गरेका छन् ।
मौन अवधिको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मतदाताहरूलाई मौन अवधिमा विवेक मौन नराख्न पनि आग्रह गरेका छन् ।
‘मौन अवधि सुरु हुँदैछ । याद गर्नुहोस्, मौन अवधि भनेको आफ्नो विवेक मौन राख्नु होइन,’ ओलीले भनेका छन् ।
एनका अनुसार, यो समय भनेको इमानदारीसाथ कुरा गर्ने समय हो ।
‘यो त आफ्नै अन्तरआत्मासँग इमानदारीसाथ कुरा गर्ने समय हो, जलाउनेलाई रोज्ने कि बनाउनेलाई ?,’ ओलीले लेखेका छन् ।
आजै राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा देशभरिकै चासो बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4