News Summary
Generated by OK AI. Editorially reviewed.- ज्योतिष रुद्रनाथ अधिकारीलाई २१ फागुनमा चुनाव नहुने अभिव्यक्ति दिने कारण चन्द्रागिरीबाट पक्राउ गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ उनलाई पक्राउ गरी परिसर काठमाडौंमा हिरासतमा राखेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पक्राउ भएको जानकारी दिएका छन्।
१९ फागुन, काठमाडौं । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4