+
+
Shares

भैरहवामा जनवरीमा शून्य अन्तर्राष्ट्रिय उडान, आन्तरिक कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ।
  • जनवरी २०२६ मा सो विमानस्थलबाट आन्तरिक उडानमा ३८३ प्रस्थान र ३८३ आगमन भएका छन्।
  • आन्तरिक उडानमार्फत कुल ४३ हजार ७३५ यात्रुले सेवा लिएका छन् र कुल ७६६ जहाजको उडान/अवतरण भएको छ।

२० फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ ।

विमानस्थलको तथ्यांक अनुसार सोहीकारण यो विमानस्थलबाट सो महिनामा एक जना यात्रुले समेत सेवा लिएनन् । आन्तरिकमा भने कुल ३८३ प्रस्थान र ३८३ नै जहाजको आगमन भएको छ ।

आगमनतर्फ २२ हजार ९५९ यात्रुले सेवा लिएका छन् । प्रस्थानतर्फ २० हजार ७७६ जना यात्रुले सेवा लिएका छन् । यस प्रकार भैरहवा विमानस्थलबाट आन्तरिक उडानतर्फ कुल ४३ हजार ७३५ यात्रुले सेवा लिएको समेत तथ्यांकले देखाएको छ । यस विमानस्थलमा कुल ७६६ जहाजको उडान/अवतरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?