+
+
Shares

बगेको पानी पूजा गरेर माझीहरूले मनाए लदी पर्व

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ८:५२

 २० फागुन, पाँचथर । पाँचथरका अल्पसंख्यक माझी समुदायले लदी पर्व मनाएका छन् । तमोर नदीमा पूजा गरेर यो पर्व मनाएका हुन् ।

पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकामा पर्ने माझीटारका माझीहरूले हेवा र तमोर मिसिने ठाउँमा पूजा गरे भने गाउँले भेला भएर साँस्कृतिक कार्यक्रम तथा खानपान गरेका छन् ।

यो क्षेत्रमा ४२ परिवार माझी जाति रहेका छन् । माझी उत्थान संघ पाँचथरका अध्यक्ष रामबहादुर माझीका अनुसार पाँचथरमा ३ सय परिवार माझी जाति रहेका छन् ।

फाल्गुनको तेस्रो मंगलबार यो पर्व मनाइने गरेको उनले बताए । बगेको पानीको पूजा गर्दै यो पर्व मनाइन्छ । माछा मार्दा, डुङ्गा चलाउँदा नराम्रो केही नहोस भनेर कामना गरेर मनाइन्छ । पूजा गर्दै बोका, कुखुराको बलि पनि दिइएको छ ।

हेवा खोलाले बर्सेनि दुख: दिएकाले अब त्यस्तो नहोस् भनेर कामना गरिएको थियो । पूजा पछि साँस्कृतिक कार्यक्रम, सामूहिक भोजनसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?