+
+
Shares

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ९:३२

२० फागुन, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

सो वस्तुलाई आज बिहान ८:५० बजेको समयमा नस्ट गरिएको हो । सो क्रममा ४ लिटरको रङ्गको बाल्टिनमा बालुवा, तार र प्लास्टिक फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?