News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरेबियामा लिग खेलिरहेका क्रिस्टियानो रोनाल्डोले मध्यपूर्व तनावपछि प्राइभेट जेटमार्फत साउदी छाडेर मड्रिड पुगेका छन् ।
- रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमणपछि रोनाल्डोले साउदी अरब छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
- रोनाल्डोको क्लब अल नासेरले खेल्ने एसियन च्याम्पियन्स लिगका खेलहरू सुरक्षाको कारण स्थगित भएका छन् ।
२० फागुन, काठमाडौं । साउदी अरेबियामा लिग खेलिरहेका पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो मध्यपूर्व क्षेत्रको तनावपूर्ण अवस्थापछि साउदी अरेबियाबाट आफ्नो प्राइभेट जेटमा स्पेनको मड्रिड पुगेका छन् ।
रियादस्थित अमेरिकी दूतावासमा विनाशकारी ड्रोन आक्रमण भएपछि रोनाल्डोले साउदी अरब छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि अहिले मध्यपूर्वमा चिन्ता बढेको छ । पछिल्लो घटनाले गर्दा त्यस क्षेत्रमा अस्थिरता बढेको छ र सुरक्षाका कारण धेरे विदेशी नागरिकहरु त्यहाँबाट बाहिरिन थालेका छन् ।
यसले गर्दा खेलकुद गतविधिमा पनि असर पुगेको छ । यस्तै रोनाल्डोको क्लब अस नासेरले खेल्ने एसियन च्याम्पियन्स लिगका खेलहरू पनि स्थगित भएको छ ।
अल नासेरल बुधबार दुबईमा खेल्ने तालिका रहेको थियो । तर सुरक्षँको कारणले गर्दा खेल रोकिएको छ ।
४१ वर्षीय रोनाल्डोले आफ्नी पार्टनर जर्जिना रोड्रिगेज र पाँच सन्तानसँग निजी जेटमा साउदी अरेबिया छाडेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
बेलायती अनलाइन डेली मेलका अनुसार रोनाल्डो प्राइभेट जेटमा साउदीबाट इजिप्ट, मेडिटेरियन समून्द्रको माथिबाट उड्दै स्पेनको मड्रिड पुगेका थिए । गोल डट कमले पनि रोनाल्डो साउदी अरेबिया छाडेर स्पेन पुगेको उल्लेख गरेको छ ।
यस विषयमा रोनाल्डो र क्लबले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
पोर्चुगलका कप्तानले गत वर्ष आफ्नो विमानको स्तरवृद्धि गर्दे अझ विलासी शैलीमा यात्रा गर्दै आएका छन् ।
उनले सन् २०२४ मा पुरानो जेट बिक्री गर्दै करिब ६१ मिलियन पाउण्ड (८१ मिलियन अमेरिकी डलर) बम्बार्डियर ग्लोबल एक्सप्रेस ६५०० नामक जेट किनेका थिए ।
यसअघि उनले सन् २०१५ मा करिब १६ मिलियन पाउण्ड (२१ मिलियन अमेरिकी डलर) मा किनेको गल्फस्ट्रिम जी२०० जेट प्रयोग गर्दै आएका थिए । उनले पुरानो जेट बिक्री गरेर नयाँ विमान खरिद गरेका थिए ।
प्रतिक्रिया 4