+

प्रिमियर लिग : पूछारको वल्भ्ससँग लिभरपुल पराजित

२०८२ फागुन  २० गते १०:३२ २०८२ फागुन २० गते १०:३२
प्रिमियर लिग : पूछारको वल्भ्ससँग लिभरपुल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूछारमा रहेको वल्भ्सले लिभरपुललाई २-१ ले पराजित गरेको छ ।
  • ब्रजिलियन फरवार्ड आन्द्रेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि वल्भ्सले जित निकाल्यो ।
  • यस हारले लिभरपुलको च्याम्पियन्स लिग छनोट अभियानमा धक्का लागेको छ ।

२० फागुन, काठमाडौं । प्रिमियर लिगको अंकतालिकामा पूछारमा रहेको वल्भ्सले लिभरपुललाई २-१ ले पराजित गरेको छ ।

ब्रजिलियन फरवार्ड आन्द्रेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि वल्भ्सले जित निकाल्दै ३ अंक जोडेको हो ।

पूछारको वल्भ्सको यो जितपछि ३० खेलबाट १६ अंक पुगेको छ । लिभरपुलको भने २९ खेलबाट ४८ अंक छ र पाँचौ स्थानमै छ ।

यस हारले लिभरपुलका लागि अर्को सिजन च्याम्पियन्स लिग छनोटमा हुने अभियानमा धक्का लागेको छ ।

वल्भ्सको घरेलु मैदानमा भएको खेलमा सबै गोल खेलको अन्त्यतिर भएको थियो । जहाँ रोड्रिगो गोमेसको ७८औं मिनेटमा गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । लिभरपुलका मोहमद सालाहले ८३औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए ।

तर आन्द्रेले इन्जुरी टाइमको चौथो मिनेटमा निर्णायक गोल गर्दै वल्भ्सलाई जित दिलाए ।

लिगकै अन्य खेलमा एभरटनले बर्नलीलाई २–०, सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दा बर्नमाउथ र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय