+
+
Shares

उस्ताद जाकिर हुसैन : तबलालाई विश्वव्यापी बनाउने हस्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उस्ताद जाकिर हुसैनले तबलालाई विश्वव्यापी स्तरमा पुर्‍याएर भारतीय शास्त्रीय संगीतलाई आधुनिक र विश्वव्यापी धरातलमा उभ्याउन महत्वपूर्ण योगदान दिएका छन्।

उस्ताद जाकिर हुसैन र तबला सायदै एकअर्कासँग छुट्टिन्छन् । किनकि उनले तबलालाई विश्वस्तरमा जुन ठाउँमा पुर्‍याए, त्यो नै यो अटुट सम्बन्धका लागि काफी छ । अर्को अर्थले तबलासँगै भारतीय शास्त्रीय संगीतलाई आधुनिक र विश्वव्यापी धरातलमा उभ्याउन उनको जति योगदान छ, त्यो सायद दुर्लभ नै हो । उनको कला, सरलता र संगीतमा गरिएको नवीन प्रयोग सदाबहार छन् ।

तबलाको विश्वव्यापीकरण

जाकिर हुसैनले तबलाको पहिचानलाई भारतको सिमाना र शास्त्रीय संगीतको घेराभन्दा धेरै माथि पुर्‍याए । ताल वाद्यको परम्परामा आफ्ना पूर्वज तथा गुरुहरू (जस्तै, अहमद जान थिरकवा, उस्ताद अल्ला रक्खा खाँ) को बिरासतलाई जोगाउँदै जाकिर हुसैनले यसलाई पश्चिमी संगीतसँग जोडे ।

पश्चिमा संगीतकारहरूसँग मिलेर उनले नयाँनयाँ जुगलबन्दी गरे । तर कहिल्यै पनि आफ्नो संगीतको मौलिकतालाई मर्न दिएनन् । त्यसले गर्दा आज तबला विश्वभरका संगीत प्रेमीहरूबीच चिनिएको छ ।

आधुनिक ताल निर्माता

उनले तबलामा यस्ता आधुनिक तालहरू निर्माण गरे, जुन त्यसअघि कहिल्यै पनि सुनिएका थिएनन् । र ती उनले गर्नका लागि मात्र गरेका थिएनन् । त्यसमा उनको विछट्टै प्रकारको लगाब थियो । उनी फरक-फरक गतिमा भिन्न-भिन्न आवाजहरू निकाल्थे ।

त्यसकारण उनको तबलाबाट परम्परागत रुपमा आएका धुनहरू मात्र निस्किएनन् । त्यहाँबाट बादलको गर्जनदेखि हात्तीको चालसम्म निस्कियो ।

अन्तर्राष्ट्रिय सहकार्य

जाकिर हुसैनको संगीत यात्रामा अन्तर्राष्ट्रिय सहकार्यको ठूलो भूमिका छ । किनकि उनले शास्त्रीय संगीतबाहेक ज्याज, ड्रम र बेस, एम्बियन्ट म्युजिक र इलेक्ट्रोनिका जस्ता विविध संगीत विधाका दिग्गजहरूसँग काम गरे । जोन म्याकलोगुलिन, मिकी हार्ट र बेला फ्लेक जस्ता विश्वविख्यात कलाकारहरूसँग उनले सहकार्य गरेका थिए ।

ती सहकार्यले पूर्वीय र पश्चिमी संगीतको संगमलाई अझ नयाँ उचाइमा पुर्‍याएकोमा कुनै शंका छैन । र त्यसमा संगीत सम्बन्धीका केही परियोजनाहरू नै गरे । ती आजा मानकका रुपमा स्थापित भएका छन् । जस्तो, उनको ‘तबला बिट साइन्स’ र ‘ताल म्याट्रिक्स’ जस्ता परियोजनाहरू आज तबला परम्परामा मानक मानिन्छन् ।

नयाँ पुस्ता र प्रतिभाप्रति उदार

जाकिर हुसैन आफैंमा प्रतिभाशाली कलाकार थिए । तर उनलाई आफ्नो सफलतामा कहिल्यै पनि घमण्ड थिएन । उनी उदार र सहृदयी व्यक्ति थिए । त्यसैले उनको आसपास नयाँ पुस्ताका कलाकार र संगीत समीक्षकहरूलाई सधैं नै आइरहन्थे । उनीहरूलाई उनले सदा प्रोत्साहन गरिरहन्थे ।

शास्त्रीय संगीतमा घरानाहरूको ठूलो राजनीति छ । तर जाकिर कहिल्यै पनि त्यस्ता कुरामा अल्झिएनन् । संगीतको साधना गर्ने युवाहरूलाई उनले सदा प्रेम र सम्मान गरिरहे ।

संगीतका ‘टेक्स्ट बुक’

भलै उनले संगीत सम्बन्धीका कुनै पनि टेक्स्ट बुक लेखेनन् । तर, उनको सग्लो जीवन किताबभन्दा कम छैन । पाँच दशकसम्म संगीतको आकाशमा नक्षत्रझैँ छाइरहेका जाकिर हुसैनका तालहरू आजका विद्यार्थीका लागि एउटा जीवन्त टेक्स्ट बुक नै हुन् ।

दादरा, कहरवा, रूपकदेखि लिएर एक ताल र चार तालसम्म उनले गरेका नवीन कामहरू सिक्ने आज राम्रै संख्या छ । आज उनी यो भौतिक संसारमा त छैनन्, तर उनले छाडेका संगीतका झङ्कार सदा आसपास नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?