+

टी-२० विश्वकप २०२६ : यस्तो छ नेपालले पाउने‌ पुरस्कार रकम

२०८२ फागुन  २० गते १२:४५ २०८२ फागुन २० गते १२:४५
टी-२० विश्वकप २०२६ : यस्तो छ नेपालले पाउने‌ पुरस्कार रकम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपालले समूह चरणबाट बाहिरिए पनि कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार पाउनेछ।
  • नेपालले सहभागिता, अन्तिम पोजिसन र खेल जितेबापत क्रमशः १ लाख १२ हजार ५००, १ लाख १२ हजार ५०० र ३१ हजार १५४ अमेरिकी डलर बोनस पाउनेछ।
  • विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा भारत र इंग्ल्यान्डबीच फाइनल प्रवेशका लागि खेल हुँदैछ।

२० फागुन, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको भएपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ।

प्रतियोगिताको नियमानुसार नेपालले सहभागिता, अन्तिम पोजिसन र खेल जितेबापतको बोनस रकम पाउनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको वर्गीकरणअनुसार नेपालले कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर पुरस्कार स्वरूप प्राप्त गर्नेछ। आजको विनिमय दर अनुसार यो रकम ३ करोड ७५ लाख ६७ हजार ५४५ रुपैयाँ हुन आउँछ ।

हरेक सहभागी टोलीले पाउने सहभागिताबापतको १ लाख १२ हजार ५०० अमेरिकी डलर नेपालले प्राप्त गर्नेछ । सुपर ८ मा प्रवेश गर्न नसकेको नेपाली टोलीको अन्तिम पोजिसन १३औं देखि २०औंभित्र पर्ने हुनाले त्यसबापतको १ लाख १२ हजार ५०० अमेरिकी डलर पनि नेपालले प्राप्त गर्नेछ ।

यस्तै नेपालले समूह चरणमा एक खेल जितेकाले थप ३१ हजार १५४ डलर बोनस पाउनेछ। यसरी नेपालले कूल २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गर्नेछ ।

विश्वकपको विजेता टोलीले उपाधिको मात्रै २३ लाख ४० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने त्यसमा सहभागिताको १ लाख १२ हजार ५०० अनि प्रत्येक खेल जितेबापतको रकम पनि थपिनेछ ।

विश्वकपको सेमिफाइनल आजदेखि हुँदैछ जहाँ फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड तथा भारत र इंग्ल्यान्ड खेल्ने छन् ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय