News Summary
Generated by OK AI. Editorially reviewed.- खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीलाई अवैध गतिविधि नगर्न चेतावनी दिएको छ।
- कम्पनीहरूले खोलाको वहाव परिवर्तन गरी दूषित गर्ने र विदेशी प्राविधिक प्रयोग गरी अन्वेषण गर्ने गरेको विभागले जनाएको छ।
- विभागले अनुमति पत्र रद्द हुने चेतावनीसहित अवैध काम तत्काल रोक्न र जानकारी गराउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।
२० फागुन, काठमाडौं । खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
सुन खोजतलासका लागि अनुमति पाएका कम्पनीले योजना भन्दा फरक तरिकाले ठूला उपकरण तथा मेसिनरी प्रयोग गरी खोलाको वहाव नै परिवर्तन गर्ने गरेको तथा खोला दूषित गराउने गरेको गुनासो आएको विभागले जनाएको छ ।
यसैगरी परामर्शदाताको प्राविधिक क्षमताभन्दा फरक विदेशी प्राविधिक प्रयोग गरी अन्वेषणको काम गरेको समेत विभागको भनाइ छ । विभागले खनिजको काम गर्दा वातावरणमा प्रतिकूल हुने गतिविधि गर्न नपाइने तर्फ सचेत गराएको छ ।
त्यसो गरेमा अनुमति पत्र रद्द हुने चेतावनी विभागले गराएको छ । अहिले अवैध तरिकाले गरिरहेको काम तत्काल रोक्न र सोको जानकारी विभागमा गराउन स्थानीय प्रशासन र स्थानीय तहरूलाई समेत विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4