+
+
Shares

मतदानपछि मनोज गजुरेल : अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन्।
  • उनले लाइनमा ३० मिनेट उभिएर मतदान गरेको बताए।
  • मनोजले भने, 'देशले यो चुनावबाट निकास र स्थायित्व पाउने आशा राखेको छु।'

काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन् ।

लाइनमा ३० मिनेट उभिएर आफूले मतदान गरेको उनले बताए । ‘बिहानैदेखि भोट हाल्न पुगेका नागरिकको उत्साहजनक माहोल छ’ गजुरेलले भने, ‘अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो ।’

लोकतन्त्रको सुन्दर रुप मतदान भएकाले यसमा सहभागी हुन पाइएको बताउँदै मनोजले खुसी व्यक्त गरे । ‘देशले यो चुनावबाट निकास र स्थायित्व पाउने आशा राखेको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?