+
+
Shares

सुनसरीमा १० बजेसम्म १५ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:१०

२१ फागुन, सुनसरी । सुनसरीमा प्रतिनिधिसभा सदस्यका लागि जारी निर्वाचनमा साढे १० बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख दिव्यराजले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण मतदात भइरहेको छ ।  कुल मतदाता संख्या पाँच लाख ८० हजार ९४५ जना रहेको सुनसरीमा ६२४ मतदान केन्द्र रहेका छन् । तीमध्ये क्षेत्र नम्बर १ मा एक लाख ५० हजार ३९३, क्षेत्रनम्बर २ मा एक लाख ५८ हजार ९१०, क्षेत्र नम्बर ३ मा एक लाख ३४ हजार ३०२ र क्षेत्र नम्बर ४ मा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा मतदाताहरू बिहान ७ बजेदेखि नै मतदाताहरू लाइन लागेर उत्साहका साथ मतदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?