+
+
Shares

सुनसरीको लौकहीमा तनाव : सशस्त्रकाे बीओपीमा आक्रमण

सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १४:२१

१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीनजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ ।

लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट(बीओपी)मा आक्रमण र ढुंगामुढा भएको हो ।

स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई आक्रमण नगर्न आग्रह गरिरहेका छन् । बीओपीको चारैतिरबाट आक्रमणपछि भएपछि प्रहरीले बल पनि प्रयोग गरेको छ । स्थानीय प्रशासनले सम्यता अपनाउन र वार्तामा आउन पीडित पक्षलाई आग्रह गरेको छ ।

बुधबार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतबाट सामान ल्याएर बिक्री गर्थे । सशस्त्र प्रहरीले तस्करको समूहसँग गोली हानाहान हुँदा विजयलाई लागेको बताउँदै आएको छ ।

स्थानीयले सुरु गरेको प्रदर्शन अराजक बनेपछि लौकही क्षेत्रको अवस्था तनाबग्रस्त बनेको छ । सीमा क्षेत्रबाट हुने आवातजावत बन्द छ । पूर्वपश्चिम राजमार्गको लौकही खण्ड पनि अवरुद्ध छ । सवारी साधन चतराको हुँदै पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?