Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।
- सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले अवैध रूपमा नेपालबाट भारततर्फ लैजान परालको कुन्युमा लुकाइएको भेप बरामद भएको बताए।
- बरामद भेप सशस्त्र प्रहरी बलको नं. २६ गण र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाएको छ।
२ पुस, काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ ।
नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो ।
सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
बरामद गरिएको भेप महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4