२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मतसम्भार गरेको हो ।
शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा पत्रकार सम्मलेन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार १३७ सीमा स्तम्भको मर्मतसम्भार गरिएको थियो । जसमध्ये १९७ सीमा स्तम्भरको मुख्य मर्मत अर्थात् ठूलो मर्मत गरिएको थियो । ४९४ सीमा स्तम्भरको सहायक मर्मत र १ हजार ४४६ सीमा स्तम्भरको सानो मर्मत गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ४९८ सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ। जसमा मुख्य ४८, सहायक १२६ र सानो मर्मत ३२४ छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने ५५ सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ। जसमा मुख्य १३, सहायक ३९ र सानोमा ३ छ । यो सशस्त्र प्रहरीले गरेको मर्मतको तथ्यांक हो ।
त्यसैगरी भारतीय पक्षले पनि सीमाको मर्मत गरेको छ ।
सीमा स्तम्भको नम्बर जोर बिजोरको आधारमा नेपाली पक्ष र भारती पक्षले मर्मतसम्भार र रंगरोगनको काम गर्दै आएका छन् । जसमा भारतीय पक्षले भने नेपाली पक्षको तुलनामा एकदमै सानो संख्यामा सीमा स्तम्भको मर्मतसम्भार गरेको पाइएको छ ।
भारतीय पक्षले पछिल्लो तीन आर्थिक वर्षको अवधिमा जममा ९२५ सीमाको मर्मतसम्भार गरेको छ । जबकि यो अवधिमा नेपली पक्षले करिब २७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा मुख्य २०, सहायक ९ र सानो ३४९ गरी ३७८ सीमा स्तम्भ भारतीय पक्ष अर्थात भारतीय सीमा सुरक्षा (एसएसबी)ले गरेको देखिन्छ ।
आर्थिकवर्ष २०८१/८२ मा भने भारतीय पक्षले एउटा पनि सीमा स्तम्भको मर्मतसम्भार गरेको देखिँदैन ।
चालु आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म भने ५४७ सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । जसमा मुख्य ६७, सहायक १९५ र सानो २८५ छन् ।
प्रतिक्रिया 4