+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सशस्त्रले बनायो १७ बुँदे निर्वाचन परिचालन नीति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ११:०३

२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति’ तय गरेको छ ।

आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे परिचालन नीति तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।

निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको डीआईजी थापाले बताए ।

निर्वाचनको एक महिनाअघि नै निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गर्ने र स्ट्राइकिङ्ग तथा मोबाइल टोली १५ दिन अगाडिदेखि परिचालन गरिने नीतिमा उल्लेख ५ ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा आइनसकेकोले यसपटको निर्वाचन चुनौतीपूर्ण मानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?