+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भए एक तह बढुवासहित पेन्सन

मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गर्दै विपद् उद्दारमा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित निवृत्तिभरण दिने व्यवस्था सुरु गरेको छ।
  • यसअघि नियमावलीको नियम ७६ को उपनियम २ मा मुठभेड वा आक्रमणमा मृत्यु भएमा मात्र सुविधा दिने उल्लेख थियो।
  • अब विपद्मा खटिएका बेला मृत्यु भए पनि परिवारले बढुवासहित निवृत्तिभरण पाउने भएका छन्।

४ मंसिर, काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भए एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

यो निर्णयले विपद्मा खटिने सुरक्षाकर्मीको मनोबल समेत बढ्ने सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापा बताउँछन् ।

यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।

अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?