+
+
Shares

सर्लाहीको बलरा-१ मा सीडीओ र प्रहरी प्रमुख पुगेर सम्झाए मतदाता, सुरु भयो मतदान

मतदाताहरूलाई सीडीओ र प्रहरी प्रमुखले ढुक्क रहन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:५९

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–१ को एक मतदान केन्द्रको एक केन्द्रमा केहीबेर रोकिएको मतदान फेरि सुरु भएको छ ।

बिहान केहीबेर सो क्षेत्रमा केही युवाहरू उत्रिएर अवस्था तनावग्रस्त बनाउन खोजेका थिए ।

लगत्तै, मतदान रोकेर प्रमुख जिल्ला अधिकारी रामराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासहित सो मतदान केन्द्रमा पुगेका थिए ।

उनीहरूसमक्ष स्थानीयले आफूहरू त्रसित रहेको मतदान गर्न गाह्रो भएको गुनासो गरे । मतदाताहरूलाई सीडीओ र प्रहरी प्रमुखले ढुक्क रहन आग्रह गरेका छन् ।

यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको पालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?