+
+
Shares

तेह्रथुममा ५३.५९ प्रतिशत खस्यो मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ५३.५९ प्रतिशत मत खसेको छ।
  • जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार ३९ हजार १९३ मतदाता मतदानमा सहभागी भएका छन्।
  • जिल्लामा ७३ हजार १३७ मतदाता रहेका थिए र ५६ मतदान स्थलमा मतदान सम्पन्न भएको छ।

२१ फागुन, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा  ५३.५९ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ३९ हजार १९३ मत खसेको छ। जसमा पुरुष १९ हजार ९४८ र महिला १९ हजार २४५ मतदाता सहभागी भएका छन्।

जिल्लामा कुल ७३ हजार १३७ मतदाता रहेका थिए। तीमध्ये महिला ३५ हजार ५१० र पुरुष ३७ हजार ६२७ रहेका थिए।

तेह्रथुममा ५६ मतदान स्थलअन्तर्गत ९३ मतदान केन्द्र मार्फत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा दिनभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?