+
+
Shares

तेह्रथुममा १२ जनाको उम्मेदवारी दर्ता

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८२ माघ ६ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुममा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
  • नेपाली कांग्रेसबाट सन्तोष सुब्बा र नेकपा एमालेबाट भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराएका छन्।
  • जिल्लामा ५६ मतदानस्थल, ९३ मतदान केन्द्र र २ सहायक मतदान केन्द्र रहनेछन् र कुल ७३ हजार १ सय ३७ मतदाता छन्।

६ माघ, तेह्रथुम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुममा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा विभिन्न दल उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसबाट सन्तोष सुब्बा उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट रणध्वज कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र कार्की, श्रम संस्कृति पार्टीबाट सुविन्द्रकुमार लिम्बू उम्मेदवार बनेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शंखरमान लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमभक्त लिम्बू (कुरुम्बाङ), राष्ट्रिय परिवर्तन पार्टीबाट उषालक्ष्मी तुम्बाहाङफे तथा नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी) पुष्पलाल समूहबाट टंकप्रसाद भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मनकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, मंगोल नेसनल अर्गनाइजेसनबाट गंगाबहादुर चोङबाङले पनि उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदानस्थलमा ९३ मतदान केन्द्र र २ सहायक मतदान केन्द्र रहनेछन् । निर्वाचनमा सहभागी मतदातामध्ये ३५ हजार ५ सय १९ महिला र ३७ हजार ६ सय २७ पुरुष गरी कुल ७३ हजार १ सय ३७ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?