+
+
Shares

काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलको फराकिलो अग्रता

रास्वपाका पोखरेलले हालसम्मको मतगणनामा १३ हजार ७०८ मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मतसहित पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १५:०४

२२ फागुन, काठमाडौं । काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।

रास्वपाका पोखरेलले हालसम्मको मतगणनामा १३ हजार ७०८ मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मतसहित पछ्याइरहेका छन् ।

नेकपा एमालेका ईश्वर पोखरेल दुई हजार २७१ मतसहित तेस्रो स्थानमा छन् । यही क्षेत्रमा उम्मेदवार रहेका कमल थापाले ७४७ मत पाउँदा उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?