News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पा क्षेत्र नम्बर-२ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन्।
- ५ हजार ९८६ मत गणना हुँदा थापाले २ हजार १५३ मत पाएका छन् भने कांग्रेसका हिमालदत्त श्रेष्ठ १ हजार ६४५ मतमा छन्।
- नेकपा एमालेका ठाकुर गैरेले १ हजार २५ र नेकपाका सोमप्रसाद पाण्डेले ८७३ मत पाएका छन्।
२२ फागुन, बुटवल । पाल्पा क्षेत्र नम्बर- २ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन् । सुरुवातमा कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाको अग्रता देखिएको हो ।
यस क्षेत्रमा ५ हजार ९८६ मत गणना हुँदा रास्वपा उम्मेदवार थापाले २ हजार १५३ मत सहित अग्रता लिएका हुन् ।
निकटतम प्रतिस्पर्धी उम्मेदवार उनीभन्दा ५ सय मतान्तरले पछाडि छन् छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले १ हजार ६४५ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका ठाकुर गैरे १ हजार २५ र नेकपाका सोमप्रसाद पाण्डेले ८७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4